तनहुँ । बन्दीपुर गाउँपालिका–३ स्थित रामकोटमा घोक हाल्ने ९कटुवाल० पराम्परा अझै पनि कायमै छ । लामो समय घोक हाल्दै आएका एक व्यक्तिको निधनपश्चात् नरसिं थापामगरले तीन वर्षदेखि गाउँमा कटुवाल लगाउँदै आएका छन् ।
सञ्चारको सुविधा पुगे पनि पुरानो पराम्परालाई संरक्षण गर्न कटुवाल प्रथालाई निरन्तरता दिँदै आएको स्थानीयवासी एकबहादुर थापामगरले जानकारी दिए । बाबुबाजेको पालादेखि चल्दै आएको पराम्परालाई हटाउन नसकिएको उनी बताउँछन् । गाउँ समाजमा हुने बैठक, पूजाआजा, झैझगडा, वडाबाट प्रदान गरिने सूचनाका बारेमा घोक हालेर जानकारी दिँदै आएका छन् ।
वर्षमा प्रत्येक घरधुरीले एक पाथी अन्न, दशैँमा एक माना चामल र मासु दिने व्यवस्था रहेको रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष बिहिसरा आलेले बताईन् । मगर समुदायको बाहुल्यता रहेको उक्त रामकोटमा करीब एक सय घरधुरी छन् ।
ऐतिहासिक रामकोट
रामकोट बन्दीपुर गाउँपालिकाको पुरानो ऐतिहासिकस्थलका रुपमा परिचित छ । सुविधा खोज्ने नाउँमा बसाइँसराइको क्रम बढ्न थालेपछि त्यसलाई रोक्न गाउँपालिकाले पहलकदमी गरिरहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
गत वर्ष उक्त स्थानमा होमस्टे९घरबास० सञ्चालनमा ल्याइएको छ । गाउँका ३० महिला मिलेर होमस्टे सञ्चालनमा ल्याउन थालेपछि आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हँुदै गएको छ ।
गत वर्ष नै होमस्टेका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रालयबाट रु १० लाख विनियोजन गरेको थियो । गाउँपालिकाले होमस्टेका महिलालाई होमस्टे तालीम र पुरुषलाई कालीगढसम्बन्धी तालीमहरु प्रदान गर्दै आएको उनले जानकारी दिए । गाउँका मानिसलाई सीपमूलक तालीम प्रदान गरेपछि आयआर्जन गर्न सहज भएको छ भने बसाइँसराइँ गरेका व्यक्तिहरु पनि गाउँ फर्किन थालेका छन् ।
उनका अनुसार यस वर्ष पनि होमस्टेका रु १० लाख विनियोजन भइसकेको छ । नेपाल सरकार र गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण गर्ने र स्थानीयवासीले सिकेका सीपलाई उत्पादनसँग जोडेर गाउँको मुहार फेर्ने योजना रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’