नेकपाका युवा नेता राजिव पहारीले अध्यक्ष केपी शर्मा ओली एकता पक्षधर भएको बताएका छन् । उनले केपी ओलीको कारण पार्टी फुटेको नभई अरु नेताहरुकै कारण यो अवस्था आएको जिकिर गरे ।
नेकपा ओली पक्षीय एक कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद समेत रहेका पहारीले माओवादी सानो आकारमा रहेपनि झण्डै एमालेकै हैसियतमा एकीकरण गराएको बताए ।
‘स्थानिय चुनावमा माओवादीको हालत के थियो ? प्रतिनिधि, प्रदेश सभामा एमालेसँग मिल्दा कस्तो नतिजा आयो ? तर समानुपातिकमा एमालेले ३१ लाख ल्याउँदा माओवादी १३ लाख थियो ।’ पहारीले भने– ‘तैपनि माओवादीलाई ४५ प्रतिशत भाग दिएर ५५ प्रतिशत एमालेले लिएर पार्टी एकता गरियो । अनि केपी ओली एकता बिरोधी हुन्छ ?’
उनले पार्टी यो अवस्थामा आउँदा दुःख, पीडा, चिन्ताले आँखा रसाएको बताए । ‘हिजो पार्टी एकता हुँदा सोचेका थियौं, अब २५,३० वर्ष कम्युनिष्टले शासन गरेर सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्नेछ । १०–१२ वर्षमा विश्वका विकसित राष्ट्रहरुमा नेपाललाई पुर्याउनेछ । तर भएन ।’ पहारीले भने ।
उनले कम्युनिष्ट फुट्नु नै गलत भएको पनि बताए । पहारीले भने – ‘काँग्रेसको ज्यादतीले नेपालीले दशकौं पीडा भोगे, कष्ट भोगे, कम्युनिष्ट कार्यकर्ता भएका कारण जागिर गयो, तर अब कम्युनिष्ट आयो, देश विकास हुन्छ भनेका थियौं ।’
पहारीले पार्टी एकता गर्दा प्रचण्डलाई काँधमा बोकेर हिँडेको, गाउँ-गाउँ अभिनन्दन गर्दै हिँडेको, आफ्नै गाउँठाउँको धर्ती पुत्र भन्दै हिँडेको स्मरण गर्दै अहिले प्रचण्डले गलत बाटो समातेको बताए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ