काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलन गर्दै आएको नेकपाको दाहाल–नेपाल पक्षले आईतबार माईतीघर मण्डलमा धर्ना दिएको छ ।
धर्नामा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ । नेताहरु सडकमा पलेटी कसेर बसे । धर्नामा सहभागी नेता तथा कार्यकर्ताले प्रतिनिधिसभा विघटनको विरोधमा नारा लगाएका छन् ।
झलनाथको टिप्पणी : ‘ओली सरकार पाकेको फलझैं झर्छ, दिनगन्ती सुरु’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब केपी ओलीको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् ।
आज (आइतबार) माइतीघरमा आफ्नो समूहले गरेको धर्ना कार्यक्रममा सहभागी हुँदै नेता खनालले मिडियासँगको कुराकानीमा ओलीको दिनगन्ती सुरु भएको बताएका हुन् । खनालले ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम सच्याएर छोड्ने पनि दाबी गरे ।
उनले प्रतिनिधिसभा पूनःस्थापना हुने पनि विश्वास दिलाए । उनले भने,‘केपी ओली नेतृत्वको यो सरकार पाकेको फलझैँ झर्छ ।’
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो