संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति विरूद्ध भोलि देशव्यापी आम हड्ताल

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति विरूद्ध भोलि देशव्यापी आम हड्ताल

prachanda-madhav-nepal

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेर मुलुकमा विधिको शासनलाई चुनौती दिइएकाले बिहीबार आमहड्तालको आयोजना गरिएको नेताहरुले बताएका हुन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds