काठमाडौंं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो आफ्नो टाउकाको मोल तोक्नेलाई टाउको काट्न नपाएर अहिले पश्चाताप भएको बताएका छन् ।
बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले टाउकाको मूल्य तोक्नेहरू टाउको काट्न नपाएकोमा पश्चाताप गरेर बसेको बताए । उनले भने, ‘झोलामा टाउको हालेर ल्याएपछि ५० लाख दिन्छौं भन्नेहरूले अहिले पनि पैसा दिन्छौं भन्दै हिड्या छन् ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेना खरिद गर्न खोजेको आरोप लगाए । जनक्रान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन जनमुक्ति सेनालाई खरिद गर्न खोजिएको उनको आरोप छ ।
‘कुन स्तरको कमाण्डर हो त्यहि अनुसारले खरिद गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘सय जना लिएर गए १०–२० लाख, २ सय जना लिए गए ३०–४० लाख, ४ हजार नै उठाएर लिएर जाँदा १–२ करोड दिन खोजिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई भेडाबाख्रा जसरी खरिद बिक्री गरेर सिध्याउन लागेको अध्यक्ष दाहालको आरोप छ । ‘भेडाबाख्रा जसरी खरिद गरेर सिध्याउने मनसाय हो,’ उनले भने, ‘खरिद गरेर मोटो बनाउने अनि काटेर मासु खाने गरी लैजान लागेका हुन् ।’
सम्बन्धित खबर
दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री
संघीय निजामती सेवा ऐन नियमित प्रक्रियाबाटै आउने
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती