कोभिडविरुद्धको खोप लगाएकामा समस्या देख्न सुरू

कोभिडविरुद्धको खोप लगाएकामा समस्या देख्न सुरू

corona vaccine

कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्र्पक व्यक्ति यम बरालले बताए ।

उनका अनुसार समस्या आएकामध्ये मध्यनेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्यवसेविकालाई भने अस्पताल भर्ना गर्नुपरेको छ।

स्वंमसेविकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिए ।

उनिहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्नेलगायतको लक्षण देखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ