पोखरा १७ सीतापाइलामा गोली चल्यो ! विक घाइते

पोखरा १७ सीतापाइलामा गोली चल्यो ! विक घाइते

gun-fire-

सांकेतिक चित्र

पोखराको सीतापाईलामा आज शुक्रबार साँझ गोली चल्दा एक जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ सीतापाईलामा पहिचान नखुलेको एक व्यक्तिले गोली चलाउँदा पर्वत मोदी ८ चित्रे घर भई पोखरा २३ कार्कीतहरा बस्दै आएका मनोज विक घाईते भएका हुन् । ईलेक्ट्रिसियन काम गर्ने २७ उनको दाहिने कोखा पेटबाट गोली वारपार भएको भन्दै घाइते आफै प्रहरी कार्यालय पुगेका छन् ।

बैदाम प्रहरी कार्यालय पुगेका उनलाई तत्कालै उद्धार गरेर गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । घाईते विकको उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ ।

गोली प्रहार गर्ने व्यक्ति फरार छन् । प्रहरीले गोली चलेको क्षेत्र सिल गरी सुरक्षा व्यवस्था कडा बनाएको छ । बाटोमा आवतजावत गर्ने सवारी चालकमाथि कडा जाँच गरिएको जनाइएको छ ।

के कारणले बिकमाथि गोली प्रहार भयो भन्नेबारे केही खुलेको छैन । कास्की प्रहरीले तुरुन्त खोजी कार्यलाई तिब्रता दिइएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ