काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले आजको विरोधसभाको उपस्थितिले कुन पार्टी आधिकारिक हो भनि पुष्टि भएको बताएका छन् । उनले निर्वाचन आयोगका आयुक्तहरुलाई यहाँ आएर हेर्न आग्रह गर्दै यो उपस्थिति हेरेर कानुनहरु मिलाउन आग्रह गरे ।
नेता खनालले जनमास हेरेर कानुन मिलाउने काम छिट्टो गर्न आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति व्यंग्य गर्दै खनालले चुनावमा कसरी दुई तिहाई बहुमत ल्याइन्छ भनि भँगेराको कथा सुनाएका थिए ।
‘मिस्टर केपी ओली तपाईका खुट्टी हेर्दै पत्यायौं, अब दुई तिहाई होइन तपाईको जमानत जफत हुन्छ, दुई वर्षमा हुने चुनावमा तपाईको जमानत जफत हुनेछ’ नेता खनालले भने, ‘हामी प्रतिगमनको विरुद्धमा लडिरहेका छौं, हामीले प्रचण्ड र माधव नेपालाई प्रधानमन्त्री बनाउन वा एउटा कुर्सीका लागि लडिरहेका छैनौं, संविधानको रक्षा, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि लडिरहेका छौं ।’
आज भृकुटीमण्डलमा नेकपा प्रचण्ड–समूहले गरेको विरोधसम्ममा बोल्दै उनले भने, ‘५८ वर्ष लडेर गणतन्त्र ल्यायौं, १० वर्ष लगाएर संविधान बनायौं तर प्रधानमन्त्री ओलीले एकैपटकमा सबै समाप्त पार्न खोजे ।’
यो आन्दोलनको आवाज सुनिएन भने ६२/६३ को भन्दा ठूलो आगो दन्किनेछ
खनालले आन्दोलनको आवाज सुनिएन भने ६२/६३ सालको भन्दा ठूलो आगो दन्कने बताए । उनले ओलीको तानशाहविरुद्ध सडकमा आगो दन्किने बताएका हुन् ।
उनले केपी शर्मा ओली र समर्थक साथीहरुलाई विरोध कार्यक्रम भइरहेको प्रदर्शनी स्थलमा हेर्न आउन समेत आग्रह गरे । ‘केपी ओली र केपी ओलीका समर्थक साथीहरु आउनुस्, पदर्शनीस्थलमा आउनुस्, हामी देखाउँछौं, नेकपाको आवाज भनेको यो हो,’ उनले भने ।
पुष्पलालले जनवाद स्थापना गर्ने सपना देखेको बताउँदै उनले आजको यो उपस्थिति नै जनवाद रहेको धारणा राखे । यो नेकपाको दुई गुटको आन्दोलन मात्र नभएको बताउँदै खनालले प्रतिक्रान्ति विरुद्धको आन्दोलन रहेको दावी गरे । उनले भने, ‘पुस ५ गते भएको घटना एउटा प्रतिक्रान्त हो र त्यसको विरुद्धको आन्दोलन भैरहेको छ ।’
ओली सैद्धान्तिक रुपमा पराजित भइसकेको बताउँदै उनले केपी ओली पशुपति नाथमा संकल्प पूजा गर्न जान लागेकाले वामपन्थी विचारप्रति उनलाई विश्वास नलागेको आरोप लगाए । उनले सम्पूर्ण लोकतान्त्रिक पार्टीलाई संयुक्त आन्दोलनमा सहभागी हुन आग्रह गरे । नेता खनालले संसद पुनःस्थापनको विकल्प नरहेको बताउँदै समाजवादको दिशातर्फ अगाडि बढ्न उनले सबैलाई आग्रह गरे ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?