मोटरसाइकल र ट्रक एकआपसमा ठक्कर खाएर आगालागी हुदाँ दुई जनाको मृत्यू भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ को चार किलास्थित एभरेष्ट पम्प नजिकै ट्रक र मोटरसाइकल जुधेका थिए। लगत्तै आगो लाग्दा मोटरसाइकमा सवार दुईजनाको जलेर मृत्यु भएको छ।
गल्छिबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा एक्कासी आगो लागेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरिक्षक रुपा थापाका अनुसार मृत्यु हुनेमा धादिङको नीलकण्ठ नगरपालिका घर भएका ६० वर्षीय बलराम अधिकारी र उहाँका छोरा ३० वर्षीय डा. सुरेश अधिकारी रहेका छन् ।
ट्रक सँग ठोक्किएपछि मोटरसाईकलमा आगलागी भएको थियो । आगलागीका कारण मोटरसाईकल पनि पुर्ण रुपमा क्षति भएको छ । दुर्घटनास्थल धार्के बजार बाट १ किलोमिटर महादेववेशी तर्फ हो ।
एक्कासी आगोलागी भएपछि स्थानीयले निभाउने प्रयास गरेपनि सफल नभएको बताएका छन्।
सम्बन्धित खबर
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
धादिङमा माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते
धादिङमा हत्या आरोपमा तीन जना पक्राउ
धादिङको तिप्लिङमा सशस्त्र प्रहरी बलको नयाँ विओपी स्थापना
कृष्णभीरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा