वर्षौँसम्म अन्धकारमा जीवन बिताउँदै आएकी तनहँुको घिरिङ गाउँपालिका–१ निवासी पार्वती शाहीको मुहार आजभोलि उज्ज्यालो छ । टुकी र मैनबत्तीको सहारामा जीवनयापन गर्र्दै आउनुभएकी उनको घरमा अहिले बत्ती बल्न थालेको छ । “बिजुली बत्तीको आसमा बसेको थुपै्र वर्ष भयो, बत्ती बाल्ने चाहना लामो समयपछि पूरा भएको छ”, शाहीले भनीन् , “बत्ती बलेपछि सहज हुने भयो ।”
घिरिङ गाउँपालिका–४ गलकोटकी श्रीमाया थापाले ‘बत्ती बाल्न पाइएला र ?’ जस्तो लाग्ने गरे पनि अहिले बत्ती बलेको देख्दा खुशीको सीमा नै नरहेको बताए । “यत्तिका वर्षसम्म बत्ती नआउँदा अब बत्ती बाल्न पाइँदैन होलाजस्तो लाग्थ्यो तर अहिले त घर नै उज्यालो भएको छ”, उनले भनीन् ।
स्थानीयवासी दीपक थापाले विगत लामो समयदेखि बिजुलीको आसमा बसेका स्थानीयवासीको मुहारमा खुशी छाएको बताए । “बत्ती कहिले बल्ला भनेर लामो समय कुर्यौँ तर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै गाउँपालिकामा विद्युतीकरण अभियानले तीव्रता पायो”, उनले भनीन । स्थानीय तहको निर्वाचनपश्चात् गाउँपालिकामा आएका जनप्रतिनिधिको प्रयासबाट घिरिङका सबै घरधुरीमा विद्युत् सेवा पुगेको छ । सबै घरधुरीमा विद्युत् सुविधा पुगेपछि घिरिङ गाउँपालिका अँध्यारोमुक्त बन्न सफल भएको छ ।
घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले लामो समयको प्रयासपछि सबै घरधुरीमा बत्ती बाल्न सकिएको जानकारी दिनुभयो । “बत्ती नपुगेका घरहरूमा बत्ती पुर्याउन निरन्तर काम गर्यौँ, कोभिडको महामारीका बीचमा पनि कतिपय गाउँहरूमा बत्ती बाल्न सफल भयौँ”, थापाले भने , “हालसम्म अँध्यारोमा बस्दै आएका स्थानीयवासीको मुहारमा खुशी ल्याउन सफल भएका छौँ ।”
गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँपालिकाले विभिन्न वडामा विद्युत् सेवा विस्तारलाई तीव्रता दिएको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न भएको बताए । जनप्रतिनिधिका रूपमा निर्वाचित भएर आएपछि करिब एक हजार ५०० भन्दा बढी घरमा विद्युत् सेवा विस्तार भएको उहाँले जानकारी दिए ।
“गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सबै घरधुरीमा बत्ती पुर्याउने प्रतिबद्धता पूरा भएको छ”, उनले भने , “विद्युतीकरण अभियानमा तनहुँ जलविद्युत् आयोजना, नेपाल विद्युत् प्राधिकरणले पनि सहयोग पुर्यायो ।” अध्यक्ष रानाका अनुसार गाउँपालिकामा जनप्रतिनिधि आउनु अगाडि १० प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको थियो । “हालसम्म टुकी, मैनबत्तीको भरमा बस्दै आएका स्थानीयवासीलाई अँध्यारोबाट मुक्त पार्छौँ भनेर प्रतिबद्धता जनाएका थियौँ, उक्त प्रतिबद्धता पूरा गर्न सफल भएका छौँ”, उनले भने ।
नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार जिल्लाका ८५ प्रतिशतभन्दा बढी घरधुरीमा बिजुलीको सुविधा पुगेको छ । केन्द्रका अनुसार देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिकाका केही ठाउँमा विद्युत् सेवा पुग्न बाँकी छ ।
वितरण केन्द्रले गत आर्थिक वर्षमा आँबुखैरेनी, बन्दीपुर, रिसिङ गाउँपालिका र व्यास नगरपालिकाको एक हजार घरधुरीमा बिजुली विस्तार गरेको थियो । वितरण केन्द्रले विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सबस्टेशन निर्माण गरिएको छ । उक्त सबस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ । साथै सोही सबस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्याइनेछ ।
–––
सम्बन्धित खबर
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
कालीगण्डकी गाउँपालिकामा ३ सन्तान जन्माउने १७ परिवारलाई मासिक चार हजार रुपैयाँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
पुष्पलाल स्मृति दिवसमा ८२ पिन्ट रक्तदान
यो पनि पढौँ
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल