दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिस्थितिमा आउँदो वैशाखमा चुनाव हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वैशाखमा चुनाव हुनै नसक्ने दाबी गरे । अब वैशाखमा चुनाव हुन नसक्ने हुँदा पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने कोइरालाको भनाइ छ ।
पार्टीलाई एकताबद्धसँगै आउँदो चुनावमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाँडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको नेता कोइरालाले बताए । ‘केपी ओली सरकारले वैशाखमा चुनाव गराउन सक्दैन, चुनाव मङ्सिर–पुस महिनातिर मात्र सम्भव छ’, महामन्त्री कोइरालाले भने, ‘त्यसैले कांग्रेस नहुने चुनावको पछि लाग्नु हुँदैन बरु पार्टीको महाधिवेशनमा ध्यान दिऔँ ।’ उनले जति सक्यो चाँडै पार्टीको क्रियाशील सदस्यता टुङ्गो लगाएर महाधिवेशनमा जुट्नुपर्ने बताए ।
नेपाली कांग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै महामन्त्री कोइरालाले चुनाव हुने अवस्था आएमा सहभागी हुने बताए । ‘अहिले चुनाव हुने अवस्था नै छैन । प्रधानमन्त्री ओलीले चुनाव गराउन चाहेकै छैनन्’, उनले भने, ‘अहिले चुनावको कुरा गरेर ओलीले अलमल्याउने काम गरिरहेका छन् । अहिलेको आवश्यकता प्रतिनिधि सभा पुनर्स्थापना हो ।’ उनले अहिलेको आवश्यकता प्रतिनिधि सभा पुनर्स्थापना भएको भन्दै अदालतको निर्णयलाई आफूहरूले स्वीकार गर्ने बताए ।
धर्मको विषयमा जनमत सङ्ग्रह हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले कांग्रेस सरकारका गएमा यो मुद्दालाई लिएर जनमत सङ्ग्रह गराउनेसमेत बताए । ‘धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गरिनु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’, महामन्त्री कोइरालाले भने, ‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौँ ।’
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ