काठमाडौं- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्ने दिन समेत आउन सक्ने बताएका छन्। नेकपाको आधिकारिक फेजबुक पेजबाट मंगलबार लाइभ गरिएको अन्तर्वार्तामा पाण्डेले ओली पक्राउ पर्ने दिन धेरै टाढा नभएको जिकिर गरे।
‘ओली पक्राउ पर्ने दिन आउँदैन भन्न सकिँदैन। आउँन सक्छ नि! हिजो बर्मामा त्यहाँको प्रधानमन्त्रीलाई नजरबन्द राखिएको छ। हामी आन्दोलन गरिरहेका बेलामा घटना घटेको छ,’ पाण्डेले भने, ‘ओलीको दिन पनि धेरै टाढा छैन। आउन सक्छ।’ गलत कुरा धेरै दिन टिक्न नसक्ने पाण्डेको भनाइ छ।
‘रामकुमारी झाक्रीले बोलेकै कारणले उहाँमाथि आक्रामण गर्ने कोसिस गरियो। जनताको तागतले पुलिस प्रशासनले थुनेर राख्ने क्षमता ओली सरकारमा थिएन। त्यसकारण रिहाई गर्न बाध्य भयो,’ पाण्डेले भने, ‘हामी सबै आन्दोलनकारी रिहाइको पक्षमा थियौँ। प्रहरी थानामा स्वमय म आफै पुगेको थिए। मसँग प्रहरीका प्रमुखले हामीले छोड्छौ भन्नुभयो।’
प्रहरी प्रशासनले कानुन बनाउने प्रतिनिधिलाई कसैको जिम्मा मात्रै छोड्नुपर्छ भन्ने विषयलाई प्रतिरोध गरेको पाण्डेले बताए। ‘झाक्रीजी ‘ल मेकर’लाई तपाईंले कसैको जिम्मा लगाउन पाइन्छ। उहाँ एक प्रकारले सांसद नै हो। संसद् पुर्नबाहाली हुँदा बित्तिकै सांसद् हो। कानुन बनाउने मान्छेलाई कानुनको पाठ पढाउने? घरबाट जसरी ल्याउनुभयो त्यसरी छोड्नु पर्छ भनेपछि छोडियो।’
सम्बन्धित खबर
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ
पार्टीले बिदा गरे स्वीकार्न तयार छु : माधव नेपाल
अब ज्ञानेन्द्र शाहको सचिवालयले ‘श्री ५ महाराजधिराज’ नलेख्ने
महान्यायाधिवक्ता कार्यालयले आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदन गर्ने
कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी पनि कारबाहीमा, ३ महिना निलम्वन
पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यबाटसमेत निष्कासित
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा