बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त किशोरले बयान फेरेका छन्।
बुधबार सरकारी वकिल कार्यालयमा लिइएको बयानमा अभियुक्त किशोरले बलात्कारपछि हत्या गरेको स्वीकारेका उनका बुुवाले जानकारी दिए। बुधबार सार्वजनिक गरिएका किशोरले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए। तर आज किशोरका बुबा, प्रहरी अनुसन्धान अधिकृत, सरकारी वकिलसहित रहेको टोलीले संयुक्तरुपमा लिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन्।
‘प्रहरीले प्रारम्भिक अनुसन्धानमै किशोरीको बलात्कार गरि हत्या भएको पाइएको थियो’, डिआइजी उत्तम सुवेदीले भने, ‘आज उनले सरकारी वकिलसँगको बयानमै बलात्कार गरेको स्वीकारेका छन्।’ डिआइजी सुवेदीका अनुसार पुरानो पारिवारिक विवादका कारण आफूमा बदलाको भावना रहेकाले भागरथीको बलात्कारपछि हत्या गरेको उनले बयान दिएका छन्।
यस्तै आजै बयानका क्रममा किशोरले घटनास्थलमै भागरथीको घडी पनि रहेको बताएका थिए। किशोरले भनेकै आधारमा प्रहरीले घटनास्थलमा खोज्दै जाँदा घडी पनि फेला पारेको थियो। किशोर बुबाले भने, ‘पुरानो घरायसी रिसिइबी र विद्यालयको हाफ टाइममा जिस्क्याएको भनेर भनेको छ।’
लवलेक जङ्गलमा पुगेपछि पहिला सडकबाट धकेलेर भीरमा लडाएको त्यसपछि बेहोस अवस्थामा बलात्कार गरेको र पछि घाँटी निमोठेर हत्या गरेकोसमेत किशोरले बयान दिएका छन्।
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्। त्यसपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको थियो।
बुधबार नै मृतक भागरथीका दाजु शङ्कर भट्टले अभियुक्त किशोरविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न बैतडी प्रहरीलाई अनुमति दिइएको छ।
तर भागरथीका आफन्तले छोरीको हत्यामा उनी मात्रै संलग्न रहेको कुरा पत्याउन नसकिने भन्दै अझैसम्म पनि शव बुझ्न मानेका छैनन्।
सम्बन्धित खबर
श्रमिकको न्यूनतम तलब बढ्यो, अब १९ हजार ५५० रुपैयाँ
आजको मौसम पूर्वानुमान
रास्वपाको ‘स्वतन्त्र’ शब्द र ‘घण्टी’ चुनाव चिन्हविरुद्ध निर्वाचन आयोगमा निवेदन दर्ता
वैशाख यता विपदमा परेर ९३ जनाले ज्यान गुमाए, २२ बेपत्ता
पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: ओली
छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते
यो पनि पढौँ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
स्कूल बिदामा घर गएका बालकको खेतको आलीबाट लडेर मृत्यु
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ