हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले गरेको नीतिगत निर्णयको बर्खिलाप रहेको जनाउँदै सरकारको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले २०७३ माघदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो, जसमा अन्तर्राष्ट्रिय बजार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएमा प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन गर्न सकिन उल्लेख छ । तर अहिलेको मूल्य १५ दिनमा नै दुईपटक बढाइएको छ । जबकि इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई १५/१५ दिनमा मात्र बिलिङ गर्ने गर्दछ, तसर्थ यसबीचमा मूल्य बढाउनुपर्ने कारण के हो”, प्रश्न गरिएको छ ।
त्यस्तै छ वर्ष अगाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर १३८ युएस डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य रु १०८ थियो । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ रु ६५ डलर प्रतिब्यारेल हुँदा यहाँ रु ११४ कसरी कायम गरियो भन्ने कुरालाई पनि उठान गरिएको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेर २७ डलर प्रतिब्यारेल हुँदा तीन महिनासम्म मूल्य समायोजन नगर्ने र अहिले नियमविपरीत १५ दिनमै दुईपटक मूल्यवृद्धि गर्ने कामको चर्को आलोचना गरिएको छ ।
विज्ञप्तिमा डिलरको कमिशन बढाइएको र बोनस पनि बाँडिएकाले त्यसको भार उपभोक्तामाथि थोपरिएको उल्लेख छ । “पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी भाडामा वृद्धि भई अन्य सम्पूर्ण वस्तु तथा सेवामा समेत मूल्यवृद्धि हुने अवस्था आउने निश्चित छ । के यसरी देशमा सुशासन कायम हुन्छ”, विज्ञप्तिमा उल्लेख छ । जिम्मेवार सरकारको दायित्व निर्वाह गर्दै यो मूल्यवृद्धि तत्काल फिर्ता लिएर उपभोक्तालाई राहत दिन ज्ञापनपत्रमार्फत सरकारलाई आग्रह गरिएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो