विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मुख्य स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त बनेपछि सुस्ताएको एपीएफ र आर्मीबीचको खेल प्रतिस्पर्धात्मक थियो ।
पहिलो हाफको अन्तिम मिनेटमा सरु लिम्बुले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरी टोलीलाई अग्रता दिलाएकी थिएन् । दोस्रो हाफको सुरुआती समयमा आर्मीले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन । उसले गोलका केहि अवसर खेर फालेको थियो ।
८६ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । अन्जली योन्जनको क्रस प्रहारमा गोलरक्षक अगाडि बढेको मौका उठाउँदै अनिताको हेडर गोलमा परिणत भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा सरुले आर्मीकी गोलरक्षक अघि बढेको बेला गोल गर्दै ३-० को जित दिलाइन् ।
पहिलो लेगमा एपीएफले आर्मीलाई २–० ले पराजित गरेको थियो । सात टोली सम्मिलित लिगमा एपीएफले १२ खेलमा शतप्रतिशत जित निकाल्ने क्रममा ७७ गोल गर्दा १ गोलमात्र खाएको छ ।
त्यसक्रममा उसले उदयपुरको चौदण्डीगढी नगरपालिकाबिरुद्ध सर्बाधिक २२–० गोलको जित निकालेको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’