कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुर्नस्थापना हुन लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले आइतबार गरेको अन्तर्क्रियामा कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् ।
शनिबार विराटनगरमा भएको सभामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति दिनु धम्कीको साथै आतेस पनि भएको पौडेलको दाबी छ ।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भए पनि अदालतले सो कदमको सदर नगरे आन्दोलन गर्ने चेतावानी दिएको भन्दै पौडेलले भने, ‘प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन् ।
यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद् पुर्नस्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो ।’त्यस्तै, पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुर्नस्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिएका छन् ।
यसबारेमा उनले भने, ‘सांसद अपहरणदेखि प्रतिनिधिसभा विघटनसम्मका विकृति निम्त्याउने ओलीले नै प्रतिनिधिसभा पुर्नस्थापित भए विकृति आउँछ रे ! ओली आकाशतिर हेरेर थुक्क्दै छन् ।
त्यस्तै, उनले आफ्नै पार्टीको नेतृत्वको समेत आलोचना गरेका छन् । नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको उनको स्वीकार छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु