प्रधानमन्त्रीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्रीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

narayankaji

नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले ऐतिहासिक निर्णय गरेर देशलाई राजनीतिक संकटको अँध्यारो सुरुङमा जानबाट जोगाएको बताएका छन् ।

‘सर्वोच्च अदालतले संविधानसंगत ढंगले ऐतिहासिक निर्णय गरेको छ । संविधान र लोकतन्त्रको रक्षा गर्ने काम भएको छ,’ श्रेष्ठले भने,‘देशलाई प्रतिगमन र राजनीतिक संकटको अध्यारो सुरुङतर्फ जानबाट बचाएको छ । त्यसकारण यो नेपाली जनता, संविधान, लोकतन्त्रको जित हो । हामी सबैको निम्ति यो खुशीको कुरा हो ।’

श्रेष्ठले प्रधानमन्त्रीले केपी ओलीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्ने बताए । ‘प्रतिनिधिसभाको बैठकको मिति नै निश्चित भएको सन्दर्भमा संसदीय प्रक्रियाबाट नै अगाडि बढ्छौं । किनभने संविधान कार्यान्वयन र लोकतन्त्रको अभ्यासको प्रक्रिया अगाडि बढ्ने भएपछि सबै कुरा त्यसै अनुसार अगाढि बढ्छौं । तर असंवैधानिक र प्रतिगामी कदम र राजनीतिक संकट उत्पन्न गर्ने कार्यका निम्ति प्रधानमन्त्रीले आत्मालोचना गर्दै राजीनामा दिनुपर्छ,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds