काठमाडौं : प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सर्वोच्च अदालतले सुनाएसँगै सुरक्षा निकायले कडा सुरक्षा व्यवस्था गरेको छ। फैसलाको विरुद्धमा विरोध र पक्षमा खुसीयाली मनाउने समूहबिच झडप हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
काठमाडौं उपत्यकाभित्र विषेश सुरक्षा व्यवस्था मिलाइएको छ। ‘कतै झडप वा कुनै घटना नहोस् भनेर हामीले सुरक्षा व्यवस्था त्यहीअनुसार मिलाएका छौं,’ महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले भने।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले प्रतिनिधिसभाको पुनर्स्थापनको फैसला सुनाएको हो। लामो समयको बहसपछि संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णय गरेको हो।
राती नै काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा अदालतको फैसलाको स्वागत गर्दै र्यालीहरु निस्किएका छन्। अदालतबाट आएको फैसालाले सुरक्षामा तुलनात्मक रुपमा कम चुनैती रहेको प्रहरी अधिकृतहरु बताउँछन्।
‘यदि निर्णय अर्को पक्षकोमा आएको भए झनैं प्रर्दशन र विरोध हुन्थ्यो। अब त्यस्तो विरोधको कार्यक्रम हुँदैन भन्ने लागेको छ,’ एक प्रहरी अधिकृतले सुनाए।
संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै पोखरामा दीपप्रज्वलन गरिएको छ । मंगलबार सर्वोच्चले संसद् विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएपछि फैसलाको स्वागतमा दीपप्रज्वलन गरिएको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु