सत्ता बाहिरका दलकाे बैठक बुधबार बस्ने भएकाे छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि चितवनबाट बिबिसीसँग कुराकानी गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुधबार सत्ताबाहिरका दलको बैठक बस्ने जानकारी दिएका हुन्।
नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा)लगायत दलहरूसँग वार्ता गरेर अघि बढिने बताएका हुन्। ‘अब नयाँ तरिकाले संवाद गरे अघि बढ्छौं। हामी आज चितवन आएका छौँ। अब हामी भोलि काठमाडौं जान्छौँ,’ प्रचण्डले भने, ‘काठमाडौं पुगेर कांग्रेस जसपालगायत दलहरुसँग संवाद गरेर अघि बढ्ने छौँ।’
बुधबार कहाँ र कतिबेला सत्ताबाहिरका दलको बैठक बस्छ भन्ने चाहिँ प्रचण्डले खुलाएका छैनन्।
कांग्रेस सभापति देउवा र नेकपा अध्यक्ष प्रचण्डबीच टेलिफोनमा बधाई साटासाट
प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले असंवैधानिक घोषित गर्दै बदर गरेपछि आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोनमा कुराकानी भएको छ।
अदालतको फैसला आएसँगै अब सरकार कसरी अगाडी बढ्छ भन्ने विषय निकै चासोको विषय बनेको छ। नेकपा भित्र दुई गुट देखिदा बहुमतको सरकार बनाउन नेपाली कांग्रेसको भुमिका झनै अहम बनिरहेको समयमा अध्यक्ष दाहाल र सभापति देउवाको कुराकानी पनि महत्वपूर्ण देखिन्छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विघटनलाई असंवैधानिक घोषणा गर्दै १३ दिनभित्र संसदको अधिवेशन बोलाउन परमादेश दिएको छ।
विघटन बदर भएसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन सक्छन्। यदि त्यसो भएन भने संसद बैठकबाट नेकपा (दाहाल-नेपाल समूह)का ८९ सांसदले प्रस्तुत गरेको अविश्वासको प्रस्ताव अगाडि बढ्ने छ।
अविश्वासको प्रस्तावमा बहुमत पुगेर पारित भएमा ओली पदमुक्त हुनेछन्। तर, अविश्वासको प्रस्ताव पारित हुन कांग्रेस वा मधेशवादी दलको साथ चाहिन्छ। कांग्रेस निर्णायक हुनेछ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु