काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन् । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुन:स्थापनाका पक्षमा फैसला गरेपछि ओलीले बुधबार बिहान ११ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री ओली आफैले कुनै प्रतिक्रिया दिएका छैनन् । तर मंगलबार साँझ उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका थिए ।
दाहाल-नेपाल समूहको पनि संसदीय दल बैठक ४ बजे
यसैबीच, पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले पनि बुधबार अपरान्ह ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ । ४ बजे सिंहदरबारमा बैठक बस्नेछ र समसामयिक विषयमा छलफल गर्नेगरी बैठक बोलाइएको हो । नेकपाका सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन भनिएको छ ।
दाहाल-नेपाल समूहले यसअघि नै पुस ९ गते ओलीलाई हटाएर संसदीय दलको नेतामा दाहाललाई निर्वाचित गरेको थियो ।
संविधान र लोकतन्त्रको रक्षाका पक्षमा सर्वोच्च अदालतबाट भएको ऐतिहासिक फैसलाको खुसियालीमा दाहाल-नेपाल समूहले बुधबार बिहान सबै जिल्ला सदरमुकाममा कार्यक्रम आयोजना गरेकव थियो । उक्त समूहले बुधबार मध्याह्न १२ बजे काठमाडौंको शान्ति वाटिकामा पनि कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु