ओलीमा अलिकति पनि नैतिकता देखिएन : भीम रावल

ओलीमा अलिकति पनि नैतिकता देखिएन : भीम रावल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि नैतिकता नभएको टिप्पणी गरेका छन् ।

आज प्रचण्ड–नेपाल समूहको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्थ्यो भने ।

जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै रावलले अझै पनि केपी शर्मा ओलीले राजीनामा दिँदैनन् भने १३ दिन भित्र संसद शुरु गरेर त्यहीँबाट उनीमाथि कारबाही गरिने बताए ।

उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए । नेपालको संविधानको अपव्याख्या गरी देशलाई दुर्घटनातर्फ लैजान खोज्ने ओलीको योजना विफल भएको पनि उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds