सर्वोच्चको फैसलापछि बुधबार दिउँसो पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलालाई आफूले सामान्य रुपमा लिएको बताएका छन्। ओलीले राजीनामा नदिने संकेत गरे ।
उनले भने, ‘मैले प्रधानमन्त्रीमा रहुन्जेल राम्रो काम गर्छु तर हिजोको अदालतको फैसलाले बरबाद पारेको होइन। यो सामान्य कुरा हो। मेरा केही भाइहरूले लड्डु खुवाईखुवाई गरे रे, लड्डु खाएछन। खुसी भएर, जित्यौं भनेर। के जिते मलाई थाहा छैन। के पाउँछन् अब हेर्नुछ।’
प्रधानमन्त्री ओलीले जित भयो भनेर लड्डु खानेहरुले भोलि पर्सिदेखि राजीनामा माग्ने समेत बताए। तर आफूलाई त्यता तर्फ कुनै चिन्ता नभएको बताए। उनले भने, ‘मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ। ‘राजीनामा देउ, राजीनामा देउ’ भनेर। यतापट्टी चिन्ता गर्नु पर्दैन। को मान्छे कतिखेर हट्याटक भएर मर्न सक्छ, ब्रेन ह्यामरेज भएर मर्नसक्छ, गाडी ठोक्किएर मर्न सक्छ, जलेर मर्न सक्छ जीन्दगीको कुनै ठेगान छैन। जबसम्म बाँचिन्छ तवसम्म राम्रो काम गर्ने हो । मरेपछि न मान्छे बेइमान हुनसक्छ न इमान्दार हुनसक्छ।’
प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गरेको दाबी समेत गरे। उनले जस्तोसुकै परिस्थितमा पनि आफूहरु दृढताका साथ समृद्धिको यात्रामा अघि बढिरहने बताए। स्वार्थले लपेटिएकाहरुमा मात्र कुनै घटनाले फरक आउने बताए । उनले आफूलाई सुर्यसँग तुलना गर्दै भने,‘उदाउने सुर्य पनि रातै हुन्छ, अस्ताउने सुर्य पनि रातो भएर अस्ताउँछ ।’ आफू कर्तव्य पालनामा दृढताका साथ उभिएको दाबी गरे । देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा जीन्दगी रहेसम्म प्रतिवद्ध भएर लाग्ने बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु