पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता एवं तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको दोश्रो स्मृति दिवसमा उनको स्मरण गरिएको छ । रविन्द्र स्मृति प्रतिष्ठानले पोखरा १८ राष्ट्रिय सहिद तथा विभूति पार्कमा रहेको अधिकारीको पूर्णकदको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै उनको योगदानको चर्चा गरेर मनाइएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको योद्धा गुमाएको बताए । उनले नेकपाले होनहार युवा नेता गुमाएको बताउँदै बत्ती बालेर रविन्द्रको स्मरण गरेर नहुने बताए । उनले देखेका विकास र समृद्धिका योजनलाई सफल बनाउनुपर्नेमा जोड समेत दिए । उनले नेपालका राजनीतिक आन्दोलनमा रगत र पसिना बगेको बताउँदै जीवनलाई कसैले पनि ख्याल ठट्टा गर्न नहुने समेत उल्लेख गरे ।
कार्यक्रममा बोल्दै स्वर्गीय अधिकारीका धर्मपत्नी एवं सांसद विद्या भटराईले रविन्द्र अधिकारीले देशमा विकास र समृद्धि सम्भव छ भन्ने कुरालाई पुष्टि गरेको बताईन् । रबिन्द्रले देखाएको बाटोलाई पछ्याउनुपर्नेमा जोड समेत दिइन् ।
रविन्द्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापा र प्रतिष्ठान सचिव धनराज आचार्यले रविन्द्र अधिकारीका बारेमा चर्चा गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर