नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताएको छ ।
शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले अझै पनि साम, दाम, दण्ड, भेदकै बल गरिरहेको आरोप लगाएको छ ।
अध्यक्ष दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर धम्की र अहंकार प्रदर्शन गरेको टिप्पणी गर्नुभयो । नैतिकताको आधारमा प्रधानमन्त्री ओली एकछिन पनि पदमा बस्न लायक नभएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले अदालतको फैसलापछि ओली समूह पाहा पछारिए झैं पछारिए पनि अझै जित्यौं भन्दै हिडिरहेको बताए । संसद् विघटनपछि प्रधानमन्त्री ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएकाले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गरे ।
निर्वाचन आयोगले आफूहरूलाई नै आधिकारिकता दिने भन्दै अध्यक्ष दाहालले दुविधामा रहेका नेता कार्यकर्तालाई फर्किन आग्रह गरे । प्रधानमन्त्री ओलीले आफूहरूलाई सिध्याउने एक मात्र मिसनमा रहेको जिकिर गर्दै अब बस्ने संसद बैठकबाट नयाँ सरकार गठनको प्रक्रियाको सुरुवात हुने बताए।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु