राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । बुधबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो ।
नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङमा दैनिक २ लाख, इन्टरनेट बैंकिङ (मर्चेण्ट पेमेन्ट) र इन्टरनेट बैंकिङमा दैनिक २०र२० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइनेछ । यसअघि मोबाइल बैंकिङमा दैनिक १ लाख, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) र इन्टरनेट बैंकिङमा दैनिक १०र१० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था थियो ।
तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा पैसा रकमान्तर गर्न, सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिमाना, सवारी दस्तुर, रजिस्ट्रेसन, सेवा शुल्कजस्ता विविध शुल्क भुक्तानी गर्न, विद्युत् सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बिमा शुल्क, सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानी गर्न विद्युतीय कारोबारमा सीमा लागू नहुने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
यस्तै शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेस्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने रकम, सेयर कारोबारमा भुक्तानी गर्नुपर्ने रकम र राष्ट्र बैंकबाट अनुमति लिएका अन्य भुक्तानीका विशेष उपकरणको हकमा पनि सीमा नलाग्ने परिपत्रमा उल्लेख छ ।
यद्यपि भुक्तानीसम्बन्धी कारोबारको जोखिम मूल्यांकन र व्यवस्थापन सम्बन्धित संस्थाको हुने भएकाले ती संस्थाले आफ्नो जोखिमको स्तरलाई आधार मानी आन्तरिक सीमा कायम गर्न सक्ने छुट पनि राष्ट्र बैंकले दिएको छ । केही वर्षयता राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएको छ ।
सोही क्रममा भुक्तानी प्रणाली सुदृढीकरण, सबै प्रकारका विद्युतीय कारोबारको अभिलेख कायम र नेपाल क्लियरिङ हाउसलाई राष्ट्रिय भुक्तानी स्विचको स्थापना गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ । विद्युतीय भुक्तानीमा क्विक रेस्पोन्स (क्यूआर) कोडमार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न यससम्बन्धी मापदण्ड पनि जारी गरिसकेको छ । राष्ट्र बैंकका अनुसार गत पुसमा मात्र क्यूआर कोडमार्फत ३ लाख ७२ हजार कारोबार भएका छन् ।
गत साउनको तुलनामा पुसमा यस्तो कारोबार करिब ९१ प्रतिशत बढेको छ । गत साउनमा क्यूआर कोडमार्फत १ खर्ब ९५ हजार वटा कारोबार भएका थिए । गत साउनको तुलनामा पुसमा क्यूआर कोडमार्फत भएको कारोबार रकममा पनि १ सय ११ प्रतिशत वृद्धि भएको छ ।
पछिल्ला साताहरूमा काठमाडौं उपत्यकाबाहिर पनि क्यूआर कोडमार्फतको कारोबार विस्तार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
कान्तिपुरमा समाचार छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान