नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल सरकार र आफ्नो पार्टीबीच भएको सहमतिभित्र समृद्ध जीवन बिताउने नेपाली युवाहरूको चाहना र समृद्धिको आकांक्षा लुकेको बताएका छन्।
“नेपाली राजनीतिक आन्दोलनको यो एउटा नयाँ दिन हो। यसलाई सफल पार्न योगदान गर्ने वार्ता टोलीका मित्रहरूलाई म बधाई र धन्यवाद दिन चाहन्छु,” नेपाल सरकार र नेकपाबीचमा सम्पन्न सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै विद्रोही नेकपाका महासचिव विप्लवले भने, “यो सहमति गराउन विभिन्न क्षेत्रबाट भूमिका पुर्याउने कानुनविद, पत्रकार, मानवअधिकारवादी, बुद्धिजीवि, सेना, प्रहरी र अन्य कम्युनिस्ट पार्टीका मित्रहरू सबैलाई यो अवसरमा म सम्मान गर्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु।”
“यो सहमतिको पछाडि हाम्रो एउटा महान आकांक्षा छ। नेपाललाई स्वाधीन, आत्मनिर्भर र सुन्दर बनाउने आकांक्षा छ। समृद्धिको आकांक्षा, नेपाली युवाहरूले राखेको समृद्ध जीवनको चाहना यसभित्र रहेको छ। यसलाई पूरा गर्नका लागि सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त गर्यौं। हामी खुसी छौं र हामी धन्यवाद भन्न चाहन्छौं।”
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु