प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको संसदीय दलको बैठकको कुनै अर्थ नरहेको बताएका छन्। नेत्रविक्रम चन्द विप्लवलाई भूमिगत जीवनबाट सार्वजनिक गर्ने क्रममा शुक्रबार राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
केहीले संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेँ, कुन दलको हो थाहा छैन तर म नेता यहाँ छुु, ओलीले भने, आफ्नो दुईतिहाइ भत्काएर छाड्ने, अनि अन्त गएर प्रधानमन्त्री खाइदिनुस् लिइदिनुस् न हामी बनाउँछौँ नि भन्नेरु हामी कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्दैनौँ, भनेका छैनौँ र भन्दैनौँ पनि !
ओलीले सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभा फिर्ता आएपछि तमासा सुरु भएको बताए। यो तमासा नेपाली जनताले हेर्दै जानुपर्ला, नेपाली जनताले भोग्दै जानुपर्लाु, उनले भने, सरकार ढाल्ने बहुतै गम्भीर र उधुमै प्रयास भएको छ ।
उनले २०७३ सालमा पनि यसैगरी सरकार ढालिएको स्मरण गरे। उतिखेर पनि यसैगरी सरकार ढालेका थिए। तर हामीले जस्केलो, झ्याल र भेन्टिलेसनबाट छिरेर होइन, मूल सडकबाट, मूल ढोकाबाट सरकारमा आउँछौँ भनेका थियौँ, उनले भने, हामीले सिंहदरबारको मूल ढोकाबाट सरकारमा गएको हो। पार्टी प्यालेसमा मान्छे बोलाएर अध्यक्ष भएको होइन, महाधिवेशनबाट जितेर आएको हो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु