आफूहरूसँग हतियार नभएको विप्लव समूहको दावी

आफूहरूसँग हतियार नभएको विप्लव समूहको दावी

dhabendra-bastola

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफूहरूसँग हतियार नभएको दावी गरेको छ ।

शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफूहरूसँग हतियार नभएको दाबी गरेका हुन् ।

उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा हिंसाको बाटोमा नलागेकाले हतियारका बारेमा चर्चा गर्न आवश्यक नै नरहेको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी सशस्त्र द्वन्द्वबाट नभएर एकीकृत जनवादी क्रान्तिबाट वैज्ञानिक समाजवाद स्थापना गर्न लागेको दावी गरे ।

उनले सरकारसँग नेपाललाई कसरी समृद्ध बनाउने भन्नेबारे छलफल भइरहेको समेत बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds