काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको भनेर सर्वोच्च अदालतले देखाइदिएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा आफू इतर रहेका सांसदले ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’ भनेर प्रश्न गरेको उल्लेख गर्दै ओलीले सर्वोच्च अदालतले प्रधानमन्त्री कुन पार्टीको हो भनेर देखाइदिएको बताए ।
सोमबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता एवम् सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो ?’ भन्दै प्रश्न गरेका थिए ।
रावलको उक्त अभिव्यक्तिप्रति संकेत गर्दै सोमबार ओलीले भने, ‘एकजनाले सोधेका थिए, प्रधानमन्त्री कुन पार्टीको हो ? जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जानुहोस् कुन पार्टीको हो ।’
प्रचण्ड-नेपालले आफूलाई नेकपाको साधारण सदस्यबाट समेत निष्काशन गरेर कारबाही गरेको पसंग उल्लेख गर्दै ओलीले भने, ‘उहाँहरुले मलाई नेकपाको साधारण सदस्यबाट कारबाही गरेको होइन् ? म नेकपाको सदस्य हैन । सर्वोच्च अदालतले भनिदियो म कुन पार्टीको हो ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु