गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
कला र गला हुनेहरुलाई ठूलो मञ्च पनि आवश्यक पर्दैन । पछिल्लो समय प्रविधिको उच्चतम सदुपयोगले सिर्जनाका धनीहरुलाई रातारात ठाउँमै पुर्याएको छ । आफूसँग कला, गला हुनेहरु सामाजिक सञ्जाल र युट्युब जस्ता प्लेटफर्ममै भाइरल बन्छन् । र, उनीहरुले अवसर पाउने गरेका छन् ।
यी भाइरल भिडमा पछिल्लो समय अगाडि आउने नाम हो लक्ष्मी खड्का । धादिङ जिल्लाको बसेरी घर भई हाल पढाईको शिलशिलामा काठमाडौँ बस्दै आएकी लक्ष्मी अहिले सामाजिक संजालमा निकै नै भाइरल भएकी छिन् ।
टिकटकमा सक्रिय उनले धेरै लोकगीतहरु आफ्नै आवाजमा रेकर्ड गरी अपलोड गर्ने गर्थिन् । उनको स्वरलाई मन पराएर केही युट्युबरले अन्तर्वार्ता लिए । त्यसपछि, उनी भाइरल बन्न पुगिन् । युट्युबरकै माध्यमबाट उनले सर्जक भेटिन् र उनले पहिलो गीत बजारमा ल्याउन पाएकी छिन् ।
बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले काठमाण्डौमा छिन् । सानैबाट गीत गाउने शौख भएकी लक्ष्मीको सुरिलो स्वरबाट सबैको मन पनि जित्न सफल भएको छ ।
सर्जक ऋषि खड्काले उनलाई अवसर प्रदान गरेका छन् । रेड एप्पल मिडियाको प्रस्तुतिमा “ए निर जाले” बोलको गीत बजारमा आएको छ । शब्द शिव पौडेलको छ । लय ऋषि खड्का स्वयंको हो । ऋषिले नै पुरुष आवाज भरेका छन् ।
निकै छोटो समयमा भिडियो पनि तयार भएको छ । सरिका केसी, पुरुषोत्तम पौडेल, युवराज खनाल र अश्मिता गडैलीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कपिल लामाले गरेका छन् भने सम्पादन शिव पौडेलले गरेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
श्रोता दर्शकमाझ गुहार माग्दै आए केशव घिमिरे [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)