धादिङकी भाइरल चेली लक्ष्मी खड्काको पहिलो गीत (भिडियोसहित)

धादिङकी भाइरल चेली लक्ष्मी खड्काको पहिलो गीत (भिडियोसहित)

laxmi khadka

कला र गला हुनेहरुलाई ठूलो मञ्च पनि आवश्यक पर्दैन । पछिल्लो समय प्रविधिको उच्चतम सदुपयोगले सिर्जनाका धनीहरुलाई रातारात ठाउँमै पुर्याएको छ । आफूसँग कला, गला हुनेहरु सामाजिक सञ्जाल र युट्युब जस्ता प्लेटफर्ममै भाइरल बन्छन् । र, उनीहरुले अवसर पाउने गरेका छन् ।

यी भाइरल भिडमा पछिल्लो समय अगाडि आउने नाम हो लक्ष्मी खड्का । धादिङ जिल्लाको बसेरी घर भई हाल पढाईको शिलशिलामा काठमाडौँ बस्दै आएकी लक्ष्मी अहिले सामाजिक संजालमा निकै नै भाइरल भएकी छिन् ।

टिकटकमा सक्रिय उनले धेरै लोकगीतहरु आफ्नै आवाजमा रेकर्ड गरी अपलोड गर्ने गर्थिन् । उनको स्वरलाई मन पराएर केही युट्युबरले अन्तर्वार्ता लिए । त्यसपछि, उनी भाइरल बन्न पुगिन् । युट्युबरकै माध्यमबाट उनले सर्जक भेटिन् र उनले पहिलो गीत बजारमा ल्याउन पाएकी छिन् ।

बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले काठमाण्डौमा छिन् । सानैबाट गीत गाउने शौख भएकी लक्ष्मीको सुरिलो स्वरबाट सबैको मन पनि जित्न सफल भएको छ ।

सर्जक ऋषि खड्काले उनलाई अवसर प्रदान गरेका छन् । रेड एप्पल मिडियाको प्रस्तुतिमा “ए निर जाले” बोलको गीत बजारमा आएको छ । शब्द शिव पौडेलको छ । लय ऋषि खड्का स्वयंको हो । ऋषिले नै पुरुष आवाज भरेका छन् ।

निकै छोटो समयमा भिडियो पनि तयार भएको छ । सरिका केसी, पुरुषोत्तम पौडेल, युवराज खनाल र अश्मिता गडैलीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन कपिल लामाले गरेका छन् भने सम्पादन शिव पौडेलले गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ