सार्वजनिक भएको केही दिनमै लोकगीत ‘कलकत्ते काइयो’ ले उल्लेखनीय चर्चा बटुलेको छ । मोडल अनिल पौडेलले बजारमा ल्याएको यो गीतले अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ ।
लोकप्रिय गीत ‘माया आउने बस’ को सफलतापछि सोही टिमले तयार पारेको यो नयाँ सिर्जना दर्शक–श्रोतालाई पुनः लोभ्याइरहेको छ । सार्वजनिक भएको हप्ता दिनमै गीतले युट्युबमा दुई लाखभन्दा बढी भ्यूज पाइसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।
गीतमा नेत्र अर्यालको शब्द, दिप्लभ खातीको संगीत तथा देवी घर्ती र दिप्लभ खातीको आवाज सुन्न सकिन्छ । भिडियो पक्षमा विनोद भण्डारीको निर्देशन रहेको छ भने, गीतमा अनिल पौडेल र जुना विश्वकर्माको अभिनय प्रस्तुत गरिएको छ ।
मोडल पौडेल र गायक खाती दुवै जना बागलुङको निसीखोला गाउँका हुन् । अनिल पेशाले सिभिल इन्जिनियर पनि हुन् । उनले यसअघि पनि थुप्रै गीतमा अभिनय गरिसकेका छन् भने गायक खातीले पनि धेरै गीतमा आफ्नो स्वर दिइसकेका छन् ।
यो गीत ‘अनिल पौडेल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । टिमले ‘माया आउने बस’ मा पाएको दर्शकको माया र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै, ‘कलकत्ते काइयो’ मार्फत पुनः सोही प्रेमलाई निरन्तरता दिन सफल मोडल पौडेलले बताए ।
सम्बन्धित खबर
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
श्रोता दर्शकमाझ गुहार माग्दै आए केशव घिमिरे [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्