मंगलबार पोखराका थप ११ जनामा कोरोना पुष्टि

मंगलबार पोखराका थप ११ जनामा कोरोना पुष्टि

159126387_4041058242621000_7801513287735490872_n

पोखरा – मंगलबार पोखराका ११ सहित गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारि विज्ञप्ति अनुसार आज गण्डकीका २५८ जनामा गरिएको परीक्षणमा थप १३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि संक्रमित कास्कीको पोखरा महानगरसहित स्याङ्गजा र पर्वत जिल्लाका छन्  ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १६ हजार १ सय ६० पुगेको छ । जसमा १९५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ७ सय ६० पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ