काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘यो सरकार पाँच वर्ष चल्छ । प्रतिनिधिसभाको कार्यकालभरी अन्य कुनै पनि पार्टीको नेतृत्वमा सरकार बन्दैन । आन्तरिक किचलो नेकपा एमालेभित्र अब हुँदैन । हिजो नेकपा हुँदा जे-जति किचलो थियो, त्यो अब त्यो रुपमा रहँदैन । नेकपा एमाले एक ढिक्का भएर अघि बढ्छ । पार्टीको नेतृत्व पंक्ति एक भएर सरकारको रक्षा गर्ने, पार्टीको नीतिहरुलाई कार्यान्वयन गर्न र सरकारमार्फत एक ढिक्का भएर अघि बढ्छ ।’
साक्षात्कारमा बोल्दै उनले अब एमालेका नेतृत्वहरुले पार्टीलाई एक बनाउने र सरकारलाई सफल बनाउने बाहेक अन्य क्रियाकलापहरू नगर्ने पनि दाबी गरे । उनले भने,‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल वा वामदेव गौतमलगायतका नेताहरुले अब नेकपा एमालेलाई बलियो बनाउनुहुनेछ । सरकारलाई बलियो बनाउने बाहेकको अन्य कुनै पनि गतिविधि वा क्रियाकलाप अब गर्नुहुन्न भन्ने मेरो विश्वास छ ।’
नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिए उहाँले विश्वासको मत लिनुहुन्छ कि राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीले विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने विश्वास दिलाए ।
उनले भने,‘मैले नेताहरुले फिर्ता लिनुपर्छ कि भनेर सुनेको हुँ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय भएको कुरा मलाई थाहा छैन । सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । विश्वासको मत बहुमत पुग्नेगरी आउँछ । यो सरकार ढल्दैन । अहिलेको अवस्थामा प्रधानमन्त्री फेरिने अवस्था देख्दिन । विश्वासको मत लिन्छु भनेपछि राजीनामाको कुरा आएन ।’ उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त हुनेमा आफू पूर्ण आशावादी रहेको सुनाए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु