काठमाडौं । नेकपा एमाले ब्युँतिएपछि त्यहाँ कस्को कति शक्ति ? मापन हुन थालेको छ । नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।
एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा छन् । ७ जना माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली छ । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।
नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा छन् भने ९ जना ओली पक्षमा छन् । यसरी पदाधिकारी र स्थायी कमिटीमा नेपाल बहुमतमा छन् ।
यसरी नेकपा एमालेको पार्टी कमिटीको माथिल्लो तहमा ओली अल्पमतमा छन् । केन्द्रीय कमिटीमा ओली र नेपाल समूह झण्डै झण्डै बराबरीको अवस्थामा छन् । उक्त कमिटीमा बामदेव गौतम निर्णायक अवस्थामा छन् ।
केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.केपी ओली अध्यक्ष
२.इश्वर पोखरेल महासचिव
३. प्रदिप ज्ञावली सचिव
४.पृथ्वी सुब्बा गुरुङ सचिव
५. विष्णु पौडेल उपमहासचिव
स्थायी कमिटी सदस्य
६.शंकर पोखरेल
७. सत्यनारायण यादव
८. सुवास नेम्वाङ
९ . विष्णु रिमाल
माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.माधवकुमार नेपाल, वरिष्ठ नेता
२.झलनाथ खनाल, वरिष्ठ नेता
३. अष्टालक्ष्मी शाक्य, उपाध्यक्ष
४. भिम रावल, उपाध्यक्ष
५. युवराज ज्ञावली, उपाध्यक्ष
६. घनश्याम भुषाल, उप महासचिव
७ . गोकर्ण विष्ट, सचिव
८. योगेश भट्टराई, सचिव
९. भिम आचार्य, सचिव
स्थायी कमिटी सदस्य
१०.सुरेन्द्र पाण्डे
११. मुकुन्द न्यौपाने
१२. रघुजि पन्त
१३. बेदुराम भुषाल
१४. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु