रुपन्देहीको गैडहवा गाउँपालिका–६, गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या अभियोगमा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–७ बाट रामवरण यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ ।
आफ्नी श्रीमतीसँग यौनसम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको प्रहरीको दाबी छ ।
गत मङ्सिर १७ गते बिहान ७ः३० बजे गैडहवा गाउँपालिका–६ स्थित पर्सा कलौनी सडक खण्डको पूर्वी किनारमा लोधको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक रवीन्द्र महतका अनुसार पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् ।
लोधको टाउकोमा गम्भीर चोट लागेको,नाक र मुखबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।
प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाएको थियो ।
घटनास्थलबाट उठाइएको सबुद प्रमाण, प्राविधिक पक्षको विश्लेषणलगायत अन्य अनुसन्धानबाट लोधको हत्या रामवरण यादवबाटै भएको खुल्न आएको प्रहरीको दाबी छ । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु