लमजुङ- पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ राइनासकोट पर्यटन महोत्सव शुरु गरिएको छ । तीनदिन सञ्चालन हुन लागेको महोत्सव ‘ग्रामीण संस्कृति जोगाउ हाम्रो नारा १ खेलकूद विकास गरौँ’ भन्ने नाराका साथ राइनास नगरपालिका–९ मा राइनासकोट सामुदायिक घरवास समितिको आयोजनामा शुरु भएको हो ।
नगर प्रमुख सिंहबहादुर थापाले महोत्सवका माध्यमबाट देशविदेशमा प्रचारप्रसार हुने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । राइनासकोटलाई नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको उनको भनाइ छ । वडा नं ९ का वडाध्यक्ष देवबहादुर थापाले यस्ता महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने भएकाले बेलाबेला जिल्लाका विभिन्न गाउँमा समेत आयोजना हुनलाई जरुरी रहेको बताए ।
महोत्सवका आयोजक राइनासकोट सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर गुरुङले पहिलो पटक महोत्सव सञ्चालन गरेर गाउँमा पर्यटक भित्र्याउनका लागि गरिएको बताए । कोरोना सङ्क्रमणपछि पर्यटकको सङ्ख्यामा कमी भएकाले पर्यटक भित्र्याउनका लागि महोत्सव सञ्चालनले मद्दत पुग्ने आयोजकको अपेक्षा रहेको छ ।
बिहीबारदेखि शुरु भएको महोत्सवमा लोकदोहोरी तथा लोक गायक राजु परियार, सरिता दर्नान, प्रशान्त तमाङ, रितु थापा, सुवास छितिज कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा १२ कक्ष राखिएका छन् । महोत्सवमा विभिन्न स्थानबाट अवलोकनका लागि सयौँको सङ्ख्यामा उपस्थित भएका छन् ।
त्यस्तै राइनासकोट पर्यटन कप सञ्चालन हुने भएको छ । उक्त समितिको आयोजनामा यहाँ आजदेखि पुरुष तथा महिलाका लागि भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको छ । प्रतियोगितामा पुरुष भलिबलतर्फ विजयी टोलीले रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीले रु ५० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै तृतीय हुने टोलीले रु ३० हजार, मेडल र प्रमाणपत्र तथा शान्त्वना हुने टोलीले रु २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै महिलातर्फ प्रथम टोलीले रु २५ हजार, मेडल र प्रमाणपत्र तथा द्वितीय पुरस्कार रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सो समितिका अध्यक्ष गुरुङको भनाइ छ । यस गाउँमा १७ घरमा घरवास सञ्चालनमा छन् ।
घरवासबाट एकै पटकमा अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, बौद्ध, गणेश हिमाललगायतको १८ हिमाल देख्न सकिन्छ । विश्वकै पहिलो योगस्तम्भ पनि राइनासकोटमा रहेको छ । ऐतिहासिक राइनासकोट किल्ला, थानीमाई मन्दिर, कालिका, कोटेश्वर महादेवलगायत ऐतिहासिकस्थलसमेत रहेका छन् । नेपालका बाइसेचौबीसे राज्यकालमा लमजुङका राजा यशोबह्मा शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस