बादल एमालेको वाग्मती प्रदेश इन्चार्ज

बादल एमालेको वाग्मती प्रदेश इन्चार्ज

ram bahadur

नेकपा एमालेको आज बसेको बैठकले पूर्व माओवादी रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापालाई बागमती प्रदेशको इन्चार्ज तोकेका छन् ।

आज शुक्रबार एमालेको माधव नेपाल समूह सहभागी नभएको बैठकमा ओलीले केन्द्रीय कमिटी विस्तार गरेर २६४ पुर्याएका छन् ।

एमालेको विधानमा १० प्रतिशतसम्म सदस्य मनोनीत गर्न पाउने व्यवस्था अनुसार ओलीले थापासहितका नेतालाई मनोनीत गरेका हुन् ।

पूर्वमाओवादी खेमाबाट गृहमन्त्री बनेका बादलसहित सात मन्त्री एमालेमै रहने निष्कर्षमा पुगेपछि उनीहरूलाई मनोनीत गर्न गरेको हो । बादललाई पार्टी उपाध्यक्षको समेत जिम्मेवारी दिन लागिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds