शनिबार भएको छुटाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । मकवानपुरको मनहरी–६, सुनाचुरीमा रात्रीबस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
हेटौंडाबाट चितवनतर्फ जादै गर्दा शनिबार बिहान ३ बजेतिर बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बसका चालकसहित ३ जनाको मृत्यु भएको हो । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना।६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठक्किँएका हुन् ।
मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेको प्रहरीले जनाएको छ । बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मनहरी प्रहरी कार्यालयले बजनाएको छ ।
त्यसैगरि, बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैसामा बस दुर्घटना भएको छ । ना ३ ख ९७५९ नम्बरको बस गएराति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुसी दुलही पु-याउन हिँडेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’