एसके थकाली, मुस्ताङ । घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टमा अवस्थित ३२ वर्ष पुरानो जीर्ण शिव मन्दिर पुनर्निर्माण भएको छ । कर्मचारी मिलन केन्द्र मुस्ताङले ।
२०४६ सालको महाशिवरात्रिका दिन शिव मन्दिर निर्माण गरेको थियो । शिव मन्दिर जीर्ण हुँदै गएपछि केन्द्रको पहलमा विभिन्न दाताहरुबाट नगद तथा श्रमदान र जिन्सी चन्दा संकलन गरी पुनर्निर्माण गरिएको कर्मचारी मिलन केन्द्र मुस्ताङले जनाएको छ ।
कर्मचारीहरुले हिन्दु चाडपर्वहरुमा पूजाआजा गर्ने उद्देश्यले शिव मन्दिर निर्माण गरिएको थियो । मन्दिरमा पुजारी नबस्ने भए पनि नेपाली सेनामा कार्यरत पुजारीहरुले विशेष चाडपर्वमा पूजाआजा गर्दै आएका थिए ।
मुस्ताङ सदरमुकामको पुथाङ एअरपोर्ट नजिकैको पश्चिमतर्फ करिब एकसय मिटर अग्लो ठाउँमा शिव मन्दिर निर्माण गरिएको थियो । कर्मचारीले निर्माण गरेको शिव मन्दिर पछिल्लो समय संरक्षणको अभावमा जीर्ण बनेको थियो ।
मन्दिरको पुनर्निर्माण मिलन केन्द्रले नै गरेको केन्द्रका सचिव बृजकिशोर चौरासियाले जानकारी दिए । उनका अनुसार शिव मन्दिर पुनर्निर्माणका लागि विभिन्न दाताहरुबाट ६ लाख ५३ हजार नगद र ३ लाख १५ हजार श्रमदान तथा जिन्सी गरी कुल ९ लाख २१ हजार संकलन भएको थियो ।
शिव मन्दिर पुनर्निर्माणका लागि मुस्ताङमा कार्यरत कर्मचारी, निर्माण व्यवसायी तथा सरोकारवाला निकायबाट आर्थिक तथा जिन्सी सहयोग उठाइएको थियो ।
यसअघि ढुंगा माटोले निर्माण गरिएको शिव मन्दिरमा सिमेन्ट प्लास्टर गरी रङ रोगन गरी आकर्षक तुल्याइएको छ । पुथाङ एअरपोट देखि शिव मन्दिरसम्म पुग्ने रेलिङसहितको सिढी बाटो पुनर्निर्माण, मन्दिरको चारकिल्लामा रेलिङ जडान र मन्दिर परिसरमा छप्पनी ढुंगा बिच्छ्याउने लगायतको काम भएको मिलनकेन्द्रका सचिव चौरासियाको भनाइ छ ।
शिव मन्दिर पुननिर्माण भएसँगै मुस्ताङमा हिन्दु धर्ममा आस्थावान कर्मचारी, पर्यटक र सर्वसाधारणलाई पूजाआजा गर्न सहज भएको कर्मचारी मिलन केन्द्रले बताएको छ । मन्दिर पुननिर्माण भएसँगै शिव मन्दिर निकै आकर्षण देखिएको छ ।
शिव मन्दिर पुनर्निर्माण केवल पूजाआजाका लागि मात्र नभई धार्मिक पर्यटकीय गन्तव्य तथा जोमसोम बजारको दृश्यावलोकन केन्द्र बन्न सक्ने कर्मचारी मिलन केन्द्रका अध्यक्ष रुक्मांगत सुवेदीले बताए । उनले शिव मन्दिर पुनर्निर्माण भएको र त्यसमा धार्मिक थप संरचना निर्माण गर्न सकिए मुस्ताङ आउने पर्यटकको उपस्थिति वृद्धि हुने दावी गरे ।
पुनर्निर्माण गरिएको शिव मन्दिरमा शिवरात्रिका दिन बिहीबार धार्मिक अनुष्ठान गरिएको छ । अधिकांश बौद्ध धर्मालम्बी रहेको मुस्ताङमा दर्जनौं गुम्बा छन् । तर, पुनर्निर्माण गरिएको शिव मन्दिर मुस्ताङमा एकमात्र शिव मन्दिर हो । त्यसबाहेक बौद्ध र हिन्दुले साझा रुपमा मान्ने मुक्तिनाथ मन्दिर मुस्ताङमा छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु