पोखरा । पत्रकार श्रीराम सिग्देल जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत भएका छन् ।कलाकार प्रकाश घिमिरे पनि सम्मानित भए । सिग्देल र घिमिरेलाई चलचित्र पत्रकार संघ, कास्कीले आफ्नो चौंथो वार्षिक साधारण सभामा पुरस्कृत एवं सम्मान गरेको हो ।
उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद सहित सम्मान गरे । लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।
२०५४ सालबाट आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेका सिग्देल चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह—सम्पादक हुन् ।
पुरस्कार अर्पण गर्दै सिग्देलले अरुण गिरीको नेतृत्वमा बनेको नयाँ टिमले उदाहरणीय कार्य गरेको बताए । उनले आफु र आफ्नो टीमले ०६० सालमा स्थापना गरेको संस्थाको प्रगती भएको देख्दा खुशी लागेको बताए । उनले जित प्रसाद द्वा पत्रकारिता पुरस्कार स्थापनामा महत्वपूर्ण भूमिका निभाउने द्वा परिवारलाई धन्यवाद दिएका छन् । आज आफु ९२ वर्षीय जित प्रसाद द्वाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँन पाउँदा खुशीको सिमा नरहेको उनले बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पुरस्कार छनोट समितिका संयोजक रामकृष्ण ज्ञवालीले पुरस्कृत व्यक्ति सिग्देलको परिचय प्रस्तुत गरेका थिए । साथै उनले शुभकामना दिँदै पोखराको पर्यटन क्षेत्रमा चलचित्रका माध्यम ठूलो फड्को मार्न सक्ने कुरामा जोड दिए ।
कार्यक्रममा पुरस्कारदाता जित प्रसाद द्वा र कलाकार प्रकाश घिमिरेलाई संघले सम्मान गरेको थियो । संघको पहलमा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार स्थापनामा गरेका जित प्रसाद द्वालाई दोसल्ला, ताम्रपत्र, माला र अबिर सहित सम्मान गरिएको थियो । पुरस्कार दाता द्वाका सुपुत्रको निधन भएको ४५ दिन नपुगेकाले कार्यक्रममा उनको भौतिक उपस्थिति हुन सकेन ।
जसलाई मिडटाउन सिनेमाजका प्रतिनिधिले ग्रहण गरेका थिए । जित प्रसाद द्वाका विषयमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोलेका थिए । उनले चलचित्र क्षेत्रको विकासमा चलचित्र पत्रकार संघ कास्कीले उदाहरणीय काम गर्दै जानेमा आफु विश्वस्त रहेको उल्लेख गरे ।
यस्तै, लामो समय देखि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्रमा कलाकारिताका माध्यम पुर्याएको अतुलनिय योगदानको कदर गर्दै कलाकार घिमिरेलाई संघले सम्मान गरेको थियो । उनका विषयमा चलचित्र पत्रकार संघ कास्कीका सल्लाहकार राजाराम पौडेलले परिचय दिएका थिए । सम्मान ग्रहण गर्दै घिमिरेले चलचित्र पत्रकार संघको उज्जवल भविष्यको कामना गरे । घिमिरेले आफु चलचित्र क्षेत्रको उन्नयन र विकासमा कलाकारिताकै माध्यम अनवरत खटिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली,नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूहबाट बिमला भण्डारी, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङ लगायतले बोलेका थिए । संघको चौंथो साधारण सभामा २०७६ माघ २८ गतेदेखि २०७७ फागुन २९ गतेसम्मको एक वर्षको वार्षिक कार्यक्रमको प्रतिवेदनलाई अध्यक्ष अरुण गिरीले प्रस्तुत गरेका थिए । यस्तै सभाको बन्द सत्रमा आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष अर्पण तिवारीले पेश गरेका थिए । औपचारिक कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।
सकारात्मक सोचका साथ अगाडि बढ्न अर्थमन्त्रीको आग्रह
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सकारात्मक सोचका साथ अगाडि बढेमात्र समृद्ध प्राप्ती हुने बताए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको चौंथो साधारण सभा तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ लाई उद्घाटन गर्दै मन्त्री गुरुङले पत्रकारले ठोक्ने प्रवृतिबाट भन्दा पनि क्षेत्रगत अवस्थालाई बोक्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
स्कुले समयमा आफुले पनि घर वा विद्यालयबाट भागेर फिल्म हेर्ने गरेको किस्सा सुनाउँदै अर्थमन्त्री गुरुङले कमीकमजोरीलाई सकरात्मक ढंगले सच्याउनुपर्ने आवश्यकतालाई औंल्याए । नपच्ने गरी नभई पच्ने गरी कमीकमजोरीलाई पत्रकारले बाहिर ल्याउनुपर्ने विषयमा उनको जोड थियो । चलचित्र क्षेत्रले पोखराको पर्यटनलाई माथि उकास्न सहयोग गर्ने भन्दै उनले गण्डकी प्रदेश सरकार सँधै राम्राकामका लागि सबैको साथमा रहेको प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ