स्पानिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । अर्कोतर्फ करिम बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिड एल्चेविरुद्ध पुनरागमन जित हात पार्दै दोस्रो स्थानमा उक्लेको छ ।
गेटाफेसँग गोलरहित बराबरीमा रोकिएपछि एट्लेटिकोले अंकदूरी बढाउने अवसर गुमायो । बराबरीपछि एट्लेटिकोको २७ खेलबाट ६३ अंक भएको छ ।
रियल मड्रिडले एल्चेविरुद्ध २-१ को पुनरागमन जित हात पार्दै एट्लेटिकोसँग अंकदूरी ६ मा झारेको छ । बेन्जामाले इन्जुरी टाइममा गोल गरेपछि रियलले ३ अंक जोडेको हो ।
रियलको घरेलु मैदानमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६१औं मिनेटमा डानी काल्भोले गोल गर्दै एल्चेलाई अग्रता दिलाएका थिए । तर त्यसलाई कायम राख्न सकेन । ७३औं मिनेटमा बेन्जामाले रियलका लागि बराबरी गोल फर्काए ।
त्यसपछि इन्जुरी टाइममा बेन्जामाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितपछि २७ खेलबाट रियलको ५७ अंक छ । रियलले बार्सिलोनालाई १ अंकले पछि पारेको हो । २६ खेल खेलेको बार्सिलोना ५६ अंकसहित तेस्रो स्थानमा छ ।
बार्सिलोनाले सोमबार हुने खेलमा हुएस्कालाई पराजित गरेमा एट्लेटिकोसंग अंकदूरी ४ मा झार्नेछ ।
एल्चे २६ खेलबाट २४ अंकसहितर १७औं स्थानमा रहेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने