काठमाडौं । सर्बोच्च अदालतबाट पुनर्स्थापित नेकपा एमालेका नेताहरु फेरि एक हुने प्रयाशमा छन् । चर्को तिक्तता पोखिसकेका नेताहरु अदालतको फैसलापछि आमनेसामने हुन थालेका छन् ।
अर्कातिर माओवादी केन्द्र पनि आफूसँग छुटेर एमाले नेतृत्वको सरकारमा बसिरहेका नेताको प्रतिनिधिसभा सदस्यको हैसियतलाई सौदाबाजीको हतियार बनाएर आन्तरिक छलफलमै व्यस्त देखिन्छ ।
यी दुबै कम्युनिस्ट पार्टीलाई विवादमा फस्न र अल्झिन नदिएर एउटै कम्युनिस्ट पार्टीको नेतृत्वमा प्रतिनिधिसभाको पूर्ण कार्यकाल बिताउन अनेकौं प्रयाश गरिसकेको उत्तरी छिमेकी चीन अहिले फेरि एकता गराउन दिलोज्यानले लागिपरेको बुझिएको छ ।
प्रचण्ड झस्किए, बामदेव आत्तिए
आइतबारसम्म एकअर्काविरुद्ध खरो टिप्पणीमा उत्रिएका नेताहरु सोमबार छलफलमा बसेका छन् । करिब चार महिना देखिएको संवाद तोड्दै सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
यी दुई नेताको टकरावले साविक नेकपाभित्र म्याराथन विवाद भयो भने अहिले एमाले पनि विभाजनतर्फ उन्मुख भएको छ । साथै एमालेका नेपाल–खनाल समूहको साथमा ओली सरकार ढालेर नयाँ बनाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजना रहेको छ । तर, यसलाई असफल पार्न सक्ने गरी सोमबार अध्यक्ष ओली र नेता नेपालबीचको संवादहिनता तोडिएको छ ।
ओली–नेपालबीचको संवादका कारण कतै आफ्नो योजनाले मूर्त रुपमा लिन नपाउलाकी भन्ने आशंका प्रचण्डमा उब्जिएको छ । एकाएक ओली र नेपालबीचको भेटवार्ताले प्रचण्ड झस्किएका छन् । माहिर राजनीतिक खेलाडीका रुपमा देखिएका ओलीको आगामी रणनीतिबारे प्रचण्डले विशेष निगरानी गरिरहेका छन् ।
यता, सार्वजनिक रुपमा एकअर्काविरुद्ध लज्जास्पद टिप्पणी गरेका ओली र नेपालबीच भेटवार्ता भएपछि वामदेव गौतम पनि चनाखो भएका छन् ।
प्रधानमन्त्री बन्ने महत्वकांक्षाले साविक नेकपाको कुनै समूहमा नलागेर तटस्थ देखाएका गौतम एमाले ब्यूँतिएसँगै नेकपा एकताको अभियानमा ब्रेक लागेको छ । यही बेला भएको ओली र नेपालबीचको भेटवार्ताले नेता गौतम पनि नयाँ रणनीति बुन्न थालेका छन् । सोमबार ओली र नेपालबीचको भेटवार्तालाई महत्वका साथ हेरेका नेता गौतमले आफू पक्षधर नेताहरुको बैठकसमेत बोलाएका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु