प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चियापान बहिस्कार गर्ने नेताहरुलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् ।
मंगलबार बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले पार्टीमा कसैमाथि अन्याय नहुने बताउँदै कार्यकर्तालाई गुटगत भेलामा सहभागी नहुन निर्देशन दिएका छन् ।
बालुवाटारमा आयोजित चियापान कार्यक्रम माधवकुमार नेपाल समूहका नेताहरुले बहिस्कार गरेका छन् ।
चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताए ।
‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे’ उनले अघि भने, ‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ?’
उनले अघि भने, ‘हुन त सबैलाई थाहा छ, नभनौं ।’
यद्यपि ‘बहिस्कारको निर्णय गर्नु भएको होइन होला, कुनै कारणवश आउन भ्याउनुभएन होला’ भन्ने ठानेको ओलीले बताए ।
त्यस्तै, माधव नेपाल र झलनाथ खनालले आफ्नो गुटको छुट्टै बैठक राखेर पार्टीमा भाँडभैलो मच्याउन खोजेको आरोप लागउँदै ओलीले भने ‘पार्टी २०७५ जेठ ३ गतेको अवस्थामा फर्किइसके पछि पनि फेरि एक गुटको बैठक, राष्ट्रिय भेलाबाट समानान्तर कमिटी बनाउने र एउटै पार्टीमा बसेर अराजकता मच्याएर अचाक्ली गर्ने काम भयो,’ ओलीले भने, ‘पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, भाँडभैलो मच्याउने कुरा अब स्वीकार्य हुन सक्दैन। अब अनुशासनहीनता भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संसद नियमावली छ, त्यसतर्फ सोच्न आग्रह गर्छु।’
एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आफ्नफ समूहको राष्ट्रिय भेला आयोजना गरेको छ ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’