काठमाडौं । काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा ३३ बर्षीया सन्तोषी श्रेष्ठको हत्या आरोपमा प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेको छ ।
हत्या आरोपी सन्तोष सापकोटालाई कुलेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । सिंहले भने– ‘हत्या गरेको २४ घण्टा नबित्दै हामीले आरोपीलाई पक्राउ गरेका छौं ।’
सोमबार साँझ बोरामा पोको पारेको अवस्थामा सन्तोषीको शव फेला परेको थियो । पति सन्तोष सापकोटा उर्फ यज्ञकुमारले ह्यामरले हिर्काएर पत्नीको हत्या गरेको प्रहरीसँग स्वीकारेका छन् । लागुऔषध सेवन कर्ता समेत रहेका सन्तोष र पत्नीबीच पछिल्लो समय विवाद थियो । लकडाउन शुरु भएपछि उनी जोरपाटीस्थित माइतीघरमा बस्न थालेकी थिइन् ।
सोमबार सानेपास्थित सहकारीमा किस्ता तिर्न जाँदा उनी बल्खु स्थित घरमा छिरेकी थिइन् । आफ्ना बुवालाई फर्निचरको काम गर्न भक्तपुर पठाएर सन्तोषले योजनाबद्ध रुपमा पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
श्रीमतीको हत्यापछि उनको सिक्री, बाला र मुन्द्रा सन्तोषले निकालेका छन् । उनको साथबाट सुनका गहना र पत्नीले सहकारीमा तिर्न लगेको मध्ये ११ हजार ५ सय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
सम्बन्धित खबर
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो