नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टी अत्यन्तै कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा आज र भोलि हुने राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले अहिले अवस्था कसरी आयो भन्ने विषयमा कार्यकर्ता जानकार रहेको बताए ।
नेता नेपाल कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको बताए । अहिले पार्टीभित्र यस्तो अवस्था आउनुमा एक मात्र जिम्मेवार अध्यक्ष केपी शर्मा ओली रहेको बताए ।
कम्युनिष्टमा विचार दर्शन र सिद्धान्त भएन भने पार्टी बनाउन नसकिने र अहिले ओलीमा यही भइरहेको उनको आरोप छ । ‘यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन पार्टी अध्यक्ष केपी शर्मा ओली जी, सबै बितण्डाको निम्ति उहाँ नै जिम्मेवार हुनुपर्छ । तथ्य र प्रमाण चाहिन्छ भने एक भारी छन्’ उनले भने । उनले साइबर स्यालहरु ज्युँदै रहेछन् भन्दै टिप्पणी पनि गरे । ‘यो साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । अहिले पनि बाङ्चिगरहेकै रहेछन्,’ उनले भने, ‘अब एमाले पुनर्जीवन पाइसकेपछि पनि ज्यूँदै रहेछ । साइबर स्यालदेखि होसियार ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु