पोखरा एयरपोर्ट नजिकको सडक भएर आवतजावत गर्नेहरु आज साँझ अचम्मित भए । एयरपोर्ट भित्रबाट स्पिकरमार्फत् ठूलो आवाज आइरहेको थियो । भित्र हेर्दा धावनमार्ग नजिकै हवाइजहाज जस्तो आकृति देखिन्थ्यो र त्यसमा दनदनी आगो दन्किरहेको थियो । धुवाँको मुस्लो निस्किएको थियो । एयरपोर्टभित्र ठूलै दुर्घटना भएको उनीहरुले अनुमान लगाए । ठूलो आवाजमा मान्छेहरु ‘हेल्प हेल्प, बचाउ बचाउ’ भनिरहेका थिए ।
मानिसहरु आत्तिए । कसैले दमकललाई, कसैले प्रहरीलाई फोन गर्न थाले । त्यतिनै बेला साइरन बजाउँदै दमकलहरु दौडन थाले । सबैले आज एयरपोर्टमा कुनै अप्रिय घटना भएकोमा निश्चित भए जस्तो लाग्थ्यो । तर, एयरपोर्टमा कुनै पनि अप्रिय घटना भएको थिएन ।
हवाईजहाजको आपतकालिन उद्घार सम्बन्धी अभ्यास भइरहेको थियो । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्धारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गरेको हो ।

बेलुकी चार बजेपछि पोखरा एयरपोर्टमा नमूनाको रुपमा जहाज दुर्घटना गराइयो । त्यसपछि उक्त जहाजमा आगलागी पनि भयो । आगो निभाउनका लागि दमकलको सहारा लिइयो । त्यस्तै, घाइतेको उपचारका लागि एम्बुलेन्स पनि गुडे ।
यी सबै घटना नमुनाको रुपमा गरिएको थियो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायत खटिएका थिए । यसको पूर्व तयारी अन्तर्गत सोमवार र मंगलवार सामान्य अभ्यास समेत भइसकेको थियो । दुर्घटना भएको खण्डमा पूर्वतयारी स्वरुप यस्तो अभ्यास गरिएको हो ।
यस्तै, उद्धार अभ्याससँगै चार दिने विपद् उद्धारकर्मीको क्षमता विकास तालिमको समापन गरिएको छ ।

सम्बन्धित खबर
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८
‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेन-जी सबै जेलमा’ : माइतीघरमा जेनजी समूहको नारा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’