इंग्लिस क्लब चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले क्वाटरफाईनलमा स्थान पक्का गरेको हो ।
पहिलो लेगमा १-० को जित हात पारेको लण्डन क्लब चेल्सी समग्रमा ३-० ले विजयी भयो ।
घरेलु मैदानमा भएको दोस्रो लिगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
८२ औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
चेल्सी सन् २०१३ र १४ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।
साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन्स लिगको साविक विजेता बार्यन सहजै क्वाटरफाइनलमा
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यन अन्तिम आठमा पुगेको हो । बार्यन पहिलो लिगमा ४-१ ले विजयी भएको थियो ।
घरेलु मैदानमा भएको दोस्रो लिगमा बार्यनका लागि रोबर्ट लेवान्डोस्की र एरिक म्याक्सिम चोपोउ माटिङले एक-एक गोल गरे । लाजियोका मार्को पारालोले एक गोल फर्काए ।
खेलको ३३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा म्याक्सिमले गोल गरेपछि बार्यनले २-० को अग्रता लियो ।
८२औं मिनेटमा लाजियोका मार्कोले एक गोल फर्काए पनि बार्यन २-१ ले विजयी भयो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने