नेपालमा त्रिदेशीय क्रिकेट सिरिज आयोजना हुने

नेपालमा त्रिदेशीय क्रिकेट सिरिज आयोजना हुने

Nepali Cricket team u 19

फाइल तस्बिर

काठमाडौं । नेपालमा त्रिदेशीय क्रिकेट सिरिज आयोजना हुने भएको छ । त्रिदेशीय क्रिकेट सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्ड्स र मलेसियासँग खेल्ने भएको हो ।

तीनवटै टोलीले एकआपसमा २-२ टि-२० खेल खेल्ने छन् । पछि शीर्ष दुई टोलीले सिरिजको फाइनल खेल्ने क्यानले जनाएको छ ।

कोरोना महामारीले असर नगरे प्रतियोगिता टियु क्रिकेट मैदान कीर्तिपुरमा अप्रिल १७ देखि २४ सम्म हुने क्यानले जनाएको छ ।

कोरोना महामारीका कारण केही दिनअघि नै सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरेको भए पनि संक्रमण बढेकाले मिति सार्वजनिक नभएको निकट स्रोतले बताएको छ ।

कोरोनाले सिरिज नरोकिएमा खेलाडीलाई छिट्टै बन्द प्रशिक्षणमा राखिने क्यानले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds