नेपालको दुर्लभ इतिहास : बंगलादेशसँग बराबरी, गोल नै नगरी फाइनलमा

नेपालको दुर्लभ इतिहास : बंगलादेशसँग बराबरी, गोल नै नगरी फाइनलमा

nepali football team

त्रिदेशीय फुटबलअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो ।

पहिलो खेलमा कीर्गिस्तानसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि बराबरी खेलेको हो । अब फाइलनमा नेपालले बंगलादेशसँग नै खेल्नेछ । फाइनल खेल दशरथ रंगशालमा आउँदो सोमबार हुनेछ ।

आजको खेलको २१औँ मिनेटमा नेपालका अन्जन विष्टले गोल गर्ने अवसर चुकाए । उनले डीबक्सभित्रको बल हेड गरे पनि पोलको माथिबाट गएको थियो । २४औँ मिनेटमा अविशेक रिजालले दिएको पासलाई त्रिदेव गुरुङले डीबक्सभित्रबाट हाने पनि गोल भने हुन सकेन ।

खेलको ५९औँ मिनेटमा अन्जन विष्टले सिक्स यार्डबाट प्रहार गरेको बल बंगलादेशका गोलरक्षकले सहजै बचाएका थिए । ६४औँ मिनेटमा रन्जित धिमालले कर्नरबाट दिएको बल अविशेक रिजालले हेड गरे पनि गोलमा परिणत हुन सकेन ।

बंगलादेशले उद्घाटन खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ