म्याग्दीको मिस्त्री खोला जलविद्युत आयोजनाका ११ कर्मचारीमा कोरोना पुष्टि

म्याग्दीको मिस्त्री खोला जलविद्युत आयोजनाका ११ कर्मचारीमा कोरोना पुष्टि

mistri-hydro

तस्विर : ठाकुर प्रसाद आचार्य

म्याग्दी – बुधबार जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं -४ मा कोरोना पुष्टि भएका सबै ११ संक्रमित निर्माणधीन मिस्त्री खोला जलविद्युत आयोजनाका मजदुर तथा कर्मचारी भएको खुलेको छ ।

गत चैत्र १० गते आयोजनाका ५ इन्जिनियरमा कोरोना पुष्टि भएपश्चात मंगलबार अन्य ७६ मजदुर तथा कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएकोमा बुधबार ११ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

एकै वडाका ११ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका अध्यक्ष क्या: डम बहादुर गर्बुजा पुनलाई बुझ्दा आयोजनामा कार्यरत मजदूर तथा कर्मचारी अधिकांश भारतीय भएकोले बीचमा घर जानेआउने क्रम चल्दा संक्रमण फैलिएको हुन सक्ने आशंका व्यक्त गरे । उनले अगाडी भने -“गतहप्ता ५ जना इन्जिनियरमा कोरोना देखिएको थियो, पछि त्यहाँ कार्यरत ७६ जनाको स्वाब संकलन गरेर पोखरा पठाइयो, आज ११ जनाको रिपोर्ट पोजेटिभ आएछ।”

कोरोना पुष्टि भएपनि संक्रमित कसैमा लक्षण नदेखिएको उनले बताए । गाउँपालिकामा उपचारका लागि राम्रो व्यवस्था नभएकोले उनीहरुलाई अहिले एम्बुलेन्स मार्फत पोखरा पठाउने तयारी भइरहेको अध्यक्ष पुनले गण्डक न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds